काठमाडौं । नेपाल आयल निगमले शनिबारदेखि आन्तरिक हवाइ सेवाका बिमानलाई तेल उपलब्ध गराउने भएको छ ।
मौज्दात कम भएको भन्दै निगमले शुक्रबार बिमानहरुलाई तेल दिएको थिएन । जसबाट निगमले इन्धन नदिएपछि दुई तिहाई उडान प्रभावित भएका थिए ।
शुक्रवार नेपाल बायु सेवा निगम (एनएसी) को बिमानले कोलत्ताबाट २ वटा उडानमार्फत हवाइ इन्धन ल्याएकाले आपूर्ति सहज हुने आयल निगमको दाबी छ ।
दुईवटा बिमानमार्फत ४४ हजार लिटर इन्धन शुक्रबार तेल ल्याएको हो ।