Logo

‘अपसाइजिङ’ पर्यटन क्षेत्रका लागि नयाँ ट्रेन्ड बन्न सक्ने, महामारीपछि पर्यटक पहिलेभन्दा बढी खर्चालु बन्लान ?

‘अपसाइजिङ’ पर्यटन क्षेत्रका लागि नयाँ ट्रेन्ड बन्न सक्ने, महामारीपछि पर्यटक पहिलेभन्दा बढी खर्चालु बन्लान ?



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पर्यटन हो । कोरोना महामारी शुरु भएको १५ महिनापछि पनि विश्व पर्यटन अहिले पनि धेरैजसो स्थानमा बन्द छ । जसका कारण विश्वभर पर्यटन क्षेत्रको लगानी र रोजगारीमा संकट खडा भएको छ ।

तर, पछिल्लो एक अध्ययनले भने कोरोनाले सृजित अवस्थापछिको पर्यटनमा ‘अपसाइजिङ’ (थप फराकिलो) नयाँ ट्रेन्ड बन्न सक्ने र पर्यटक पहिलेभन्दा बढी खर्चालु बन्ने प्रक्षेपण गरेको छ । विश्वव्यापी विभिन्न अध्ययन र अनुन्सन्धान गर्दै आएको अग्रणी डाटा र एनालिटिक्स कम्पनी ग्लोबलडाटाले भर्खरै प्रकाशित गरेको एक अध्ययन प्रतिवेदनले महामारीको समयमा जम्मा भएको नगद बचतका कारण धेरै पर्यटकहरुले अबको यात्रामा सामान्य भन्दा बढी खर्च गर्ने योजना गरिरहेको हुन सक्ने औंल्याएको छ ।

ग्लोबलडाटाका अनुसार कोरोना महामारीको बीचमा उपभोक्ताहरूको बिग्रँदै गइरहेको आर्थिक अवस्थाको बारेमा व्यापक छलफल गरिएको थियो । यद्यपि धेरै उपभोक्ताहरू बिग्रदैं गएको भन्ने वित्तीय निचोडलाई बाइपास गर्न सफल भएको र धेरैले थप बचत गरेको बताएका छन् । ‘यस प्रवृत्तिलाई पर्यटन कम्पनीहरूले बेवास्ता गर्नु हुँदैन र यो विचार गर्नु जरुरी छ कि अबको यात्रामा प्राय सबै यात्रीहरूले बजेट–अनुकूल विकल्प खोज्नेछन र थप खर्च गर्नेछन’, ग्लोबलडाटाले उल्लेख गरेको छ ।

महामारीको समयमा जम्मा भएको नगद बचतका कारण धेरै यात्रुहरूले आफ्र्नोे यात्रामा सामान्यभन्दा बढी खर्च गर्ने योजना गरिरहेको अध्ययनले देखाएको छ । ग्लोबलडाटाले सर्वेक्षणका क्रममा विश्वव्यापी उत्तरदाताहरूलाई उनीहरूको व्यक्तिगत वित्तीय अवस्थाको बारेमा कत्तिको चिन्तित हुनुहुन्छ भनेर सोधको थियो । जसमा १३ प्रतिशतले आफुहरू चिन्तित नरहेको बताएका थिए । यद्यपि यो चिन्तित छु भनेर उत्रर दिने ३४ प्रतिशतभन्दा उल्लेखनीय रूपमा कम भएपनि विश्वव्यापी ट्राभल बजारको १० मध्ये एक जनामा महामारीबाट आर्थिक प्रभाव नपरेको र उसले यसले पर्याप्त मात्रामा बचत गरेको र खर्च गर्न सक्ने ग्लोबलडाटाले उल्लेख गरेको छ ।

ग्लोबलडाटाका ट्राभल एण्ड टुरिज्म एनालिस्ट राल्फ होलिस्टरका अनुसार चिन्तित नभएको बताउने १३ प्रतिशतमध्ये धेरै ‘व्हाइट कलर’ कामदारहरू हुन सक्ने बताउँछन् । उनका अनुसार महामारीको समयमा पनि घरमा बसेर प्रभावकारी ढंगले काम गर्न सक्नेहरु यसमा मुख्य छन् ।

‘बितेको वर्ष उनीहरूको धेरैजसो समय उनीहरूको घरमा मात्र सीमित भयो, जसले ट्राभले गर्ने चाहना पनि बढेको छ र बचतमा उल्लेखनीय बृद्धिका साथ यो वर्ग भ्रमणमा निस्कनेछ’, राल्फ भन्छन– ‘यीमध्ये धेरैले ‘ट्रिट योरसेल्फ’ भन्ने मानसिकता विकास गर्न सक्छन्, जुन महामारीका कारण धेरैका लागि एकदम अत्यासलाग्दो र निराशापूर्ण अवस्थाबाट बाहिर निस्कने उपयुक्त बाटो पनि हो । यसकारण उनीहरुले छुट्टीको योजना छुट्टीको योजना बनाउन शुरू गरेका छन् ।’

महामारीको समयमा बचत गरेका धेरैले अबको यात्रामा आफु बस्ने होटल कोठाको अपग्रेड गर्ने, बिजनेस क्लासको टिकट बुक गर्ने र उच्च गुणस्तरीय भाडाका सवारीहरूमा बढी खर्च गर्ने ग्लोबलडाटाले अध्ययनपछि प्रस्तुत गरेको निष्कर्षमा छ ।

‘यात्रा, खाना र अन्य मनोरन्जन गतिविधिहरूमा महामारीबाट प्रभावित नहुने यस्ता उपभोक्ताहरूले थप खर्च गर्नेछन् । यीमध्ये धेरैले गत वर्ष कोरोनाका कारण ट्राभल प्लान नै बनाएन वा आफ्नो यात्रा रद्द गरे । जसबाट पनि उनीहरुले उल्लेख्यनीय बचत गरेका छन् ।

‘यसको अर्थ यो हुन सक्छ कि उनीरूे अर्को यात्राको लागि ठूलो र अझ बढी विलासी ट्राभल प्याकेजहरु बुक गर्ने र थप समय ट्राभलमा बिताउने छन् । ‘यो प्रवृत्ति ‘अहिले नगरे कहिले’ भन्ने मानसिकताबाट पनि चल्ने र अब पर्यटकहरुले बढी खर्च गर्ने र लामो समयसम्म यात्रामा बिताउने अवस्था आउन सक्छ’, ग्लोबलडाटाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL