Logo

आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज(बुधबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रही ८६ हजार ७ सयमा नै कारोबार भइरहेको छ ।

यसअघि मंगलबार पनि छापावाला सुन तोलाको ८६ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको पनि मूल्य प्रतितोला ८६ हजार २५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL