Logo

ट्याक्सी चालकसँगको झडपपछि पठाओ राइडरले आजदेखि ज्याकेट नलगाउने

ट्याक्सी चालकसँगको झडपपछि पठाओ राइडरले आजदेखि ज्याकेट नलगाउने



काठमाडौं । मोटरसाइकलमार्फत सेयर राइडिङ सेवा दिँदै आएको पठाओको विवाद फेरी एक पटक उठेको छ । सरकारले व्यवस्थित गर्न नसेको आरोप लागिरहेका बेला पठाओ राइडर र ट्याक्सी चालकबीच झडप भएको छ ।

सोमबार नयाँ बसपार्कमा ट्याक्सी चालक र पठाओ राइडर बीच झडप पछि कुटाकुट भएपछि पठाओले आफ्ना राइडरहरुलाई ज्याकेट नलगाई सेवा दिन निर्देशन दिएको छ ।

राइडरहरुले आफुहरुलाई ट्याक्सी चालकहरुले आफ्नो पेशा संकटमा पारेको भन्दै कुटपिट गरेको आरोप लगाएका छन् ।

सस्तो सेवा दिएकाले लोकप्रिय बनेको पठाओमा हाल ७० हजार राइडर आवद्ध छन् । राइडर धेरै भएपछि उपत्यकाका हरेक चोकमा देखिने राइडरका कारण चर्को रकम असुलिरहेका ट्याक्सी व्यवसायी भने शुरु देखिनै आक्रोशित हुदै आएका छन् ।

त्यस्तै आफ्ना राइडर कुटिएपछि पठाओले आफ्ना राइडरलाई ज्याकेट लगाउन रोक लगाएको छ । राइडर असुरक्षित भएकोले कम्पनीले बुधबारदेखि लागु हुने गरि यस्तो निर्णय लिएको जनाएको छ ।

आफ्ना राइडरमाथि कुटपिट भएपछि ज्याकेट लगाउन रोक लगाइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पठाओको लोगो वा ब्राण्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नआएसम्म प्रयोग नगर्न सम्पूर्ण राइडरलाई कम्पनीले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

राइड भने निर्वाध सञ्चालन हुने कम्पनीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले बताएका छन् । ज्याकेट लगाएको खण्डमा प्रशासनबाट कारबाही भएमा त्यसमा कम्पनी जिम्मेवार नहुने विज्ञप्तिमा उल्लेख छ ।

यसअघि पनि पठाओमा चढ्ने यात्रुको सुरक्षाको विषयमा प्रश्न उठेपनि स्पष्ट मापदण्ड बनाएर सरकारले अहिलेसम्म पनि व्यवस्थित गर्न नसकेको देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL