Logo

सुनको मूल्यमा गिरावट, प्रतितोला ८६ हजार २५० मा कारोबार हुँदैं

सुनको मूल्यमा गिरावट, प्रतितोला ८६ हजार २५० मा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले घटेर ८६ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ८७ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको पनि मूल्य प्रतितोला ८६ हजार २५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL