Logo

बिदा थपियो : घटस्थापना, जनैपूर्णिमा, माघे संक्रान्ति र भाइटीकाको भोलिपल्ट पनि बिदा दिने सरकारको निर्णय (सूचीसहित)

बिदा थपियो : घटस्थापना, जनैपूर्णिमा, माघे संक्रान्ति र भाइटीकाको भोलिपल्ट पनि बिदा दिने सरकारको निर्णय (सूचीसहित)



काठमाडौँ । २०७८ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको भएको छ । गृह मन्त्रालयले २०७८ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित गर्दै बिदाको सूची सार्वजनिक गरेको हो ।

गृह मन्त्रालयले प्रकाशित गरेको सूचीमा ५२ दिन शनिबार बिदा, पाँच दिन दशै बिदा, चार दिन तिहार बिदा, छ दिन विभिन्न दिवस बिदा, तीन दिन विभिन्न जन्मजयन्ती बिदा लगायत रहेका छन् ।

राजपत्रमा प्रकाशित सूचीमा बैशाख एक गतेदेखि १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि पाँच बजेसम्म तोकिएको छ ।

यस्तै सरकारी कार्यालय समय कात्तिक १६ गतेदेखि माघ १ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म र शुक्रबारको दिन बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म तोकिएको छ ।

त्यस्तै सरकारले २०७८ सालमा जनै पुर्णिमा, घटस्थापना, तिहारको टिकाको अर्को दिन लगायतका बिदा थप गरेको छ ।

२०७८ सालमा दिइने सार्वजनिक बिदाको सूची : 

https://drive.google.com/file/d/12SSR93E5wCJKcW_1nKFqL-4ou2Ohwc52/preview

प्रतिक्रिया दिनुहोस्
MBL