Logo

बंगलादेशसँग चार समझदारी पत्रमा हस्ताक्षर, रेल संचालनका लागि पनि बाटो खुल्यो

बंगलादेशसँग चार समझदारी पत्रमा हस्ताक्षर, रेल संचालनका लागि पनि बाटो खुल्यो



ढाका । नेपाल र बङ्गलादेशबीच विभिन्न ४ ओटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको वंगलादेश भ्रमणको क्रममा उक्त हस्ताक्षर भएको हो । सोमबार दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा नेपाल बंगालदेश रेलवे ट्रान्जिटलगायतका विभिन्न ४ विषयको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम दुई देशबीच पर्यटन सहयोग, सरसफाइ, सांंस्कृतिक आदानप्रदान र रोहनपुर –सिंहबाद रेलमार्गसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको हो ।

जस अनुसार पर्यटन सहयोग सम्बन्धी समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बङ्गलादेशी नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेनले हस्ताक्षर गरेका थिए भने सरसफाइमा नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बङ्गलादेशी वरिष्ठ कृषि सचिव मोहम्मद ममाहुल इस्लाम, संस्कृति आदनप्रदान र रोकनपुर सिंहबाद रेलमार्ग सम्बन्धी सझदारीपत्रमा सांस्कृतिक मामिला सचिव बदरुल आरेफिन र वाणिज्य सचिव मोहम्मद जफार उद्दिनले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL