Logo

फास्ट ट्रयाकमा अनियमितता, अध्ययन गर्न विकास समितिले बनायो उपसमिति

फास्ट ट्रयाकमा अनियमितता, अध्ययन गर्न विकास समितिले बनायो उपसमिति



काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले फास्ट ट्रयाक निर्माणमा भएको भनिएको अनियमितता बारे अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

समितिको सोमबार बसेको बैठकले सांसद गणेश पहाडीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो । सांसद पहाडीको संयोजकत्वको उपसमितिमा सांसदहरु जीपछिरिङ लामा, इन्दु शर्मा, अनिलकुमार झा र केदार सिग्देल सदस्य रहेका छन् ।

उपसमितिलाई द्रुतमार्ग निर्माणमा समस्या निवारणका उपाय तथा अहिले अनियमितता भएको विषयमा विज्ञ तथा प्राविधिकसँग छलफल गरेर अध्ययन गर्न कार्यादेश दिइएको छ । समितिलाई दुई महिनाको समय दिइएको छ ।

समितिले बुङमती–खोकना समस्या, रेलवे क्रसिङलगायतका विविध पाटो अध्ययन गरी द्रुतमार्ग बनाउने काममा सहजीकरण गर्ने विषयमा समेत अध्ययन गर्ने छ ।

नेपाली सेनाले बनाई रहेको काठमाडौं–तराई–मधेस फास्टट्रयाक ठेक्कामा अनियमितता भएको र प्राविधिक कमजोरी गरेको प्रश्न उठेपछि समितीले छलफल अगाडी बढाउदै उपसमिति गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL