Logo

नेपाली बजारमा घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ सयले घटेर ८७ हजारमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ८७ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको पनि मूल्य प्रतितोला ८६ हजार ५५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने आज तोलामा २० रुपैयाँले घटेर प्रतितोला १२ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL