Logo

देशमा पुनः लकडाउनको संकेत, कोरोना संक्रमण बढेको भन्दै र्याली, जुलुस, सभा सेमिनार र भीडभाड हुने व्यवसाय गर्न रोक

देशमा पुनः लकडाउनको संकेत, कोरोना संक्रमण बढेको भन्दै र्याली, जुलुस, सभा सेमिनार र भीडभाड हुने व्यवसाय गर्न रोक



काठमाडौं । सरकारले पछिल्लो समय देशमा कोरोना संक्रमण बढेको भन्दै जुलुस, र्याली तथा सभा सेमिनार गर्न रोक लगाएको छ ।

आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै विगत केही हप्ता देखि विश्वभर तथा खासगरी छिमेकी देशहरूमा कोभिड–१९ को संक्रमण बढ्दो क्रममा देखिएको र नेपालमा समेत संक्रमण बढ़न सक्ने भन्दै देशभर गोष्ठि, सेमिना तथा सभा जुलुस गर्न रोक लगाएको हो ।

‘नेपालमा समेत कोरोना संक्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भीडभाडहुने व्यवसाय र कार्यहरू नगर्नु हुन र सामाजिक÷भौतिक दुरी, मास्कको अनिवार्य गर्न अनुरोध छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘साथै साबुन पानीले राम्रोसँग हात धुने वा सेनिटाइजरको प्रयोग लगायतयस मन्त्रालयबाट विगतमा जारी गरिएका अन्य जनस्वास्थ्यका मापदण्डहरू समेत पालना गरी कोभिड–१९ को संक्रमण रोकथाममा सहयोग गर्न सरोकारवाला सबैमा हार्दक अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL