Logo

होटल रेष्टुराँलाई सरकारको बम्पर अफर, लकडाउन अवधिको विद्युत् शुल्कमा शतप्रतिशत छुट, असोजदेखि माघसम्म ५० प्रतिशत

होटल रेष्टुराँलाई सरकारको बम्पर अफर, लकडाउन अवधिको विद्युत् शुल्कमा शतप्रतिशत छुट, असोजदेखि माघसम्म ५० प्रतिशत



काठमाडौं । सरकारले कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुराँलाई कारोना अबधिभरको विद्युतको डिमाण्ड शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।

मन्त्रिपरिषद् बैंठकले अर्थ मन्त्रालयको प्रस्तावमा होटल उद्योगको रुपमा दर्ता भएका होटल तथा रेष्टुराँको सरकारले लकडाउन शुरु गरेको २०७६ चैत ९ गतेदेखि २०७७ भदौंसम्मको विद्युत डिमाण्ड शुल्कमा पूर्ण रुपमा छुट दिने निर्णय गरेको हो ।

यसैगरी मन्त्रिपरिषद्को बैंठकले २०७७ असोज देखि माघसम्मको डिमाण्ड शुल्कमा समेत ५० प्रतिशत छुट दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

तर त्यसरी छुट लिनका लागि होटल उद्योगको रुपमा सञ्चालन भई नियमित नवीकरण गरी कर विवरण पेस गरेको हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्