Logo

देशकै ठूलो माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आजदेखि उत्पादन परीक्षण गर्दै, गर्यो यस्तो आग्रह

देशकै ठूलो माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आजदेखि उत्पादन परीक्षण गर्दै, गर्यो यस्तो आग्रह



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आजैदेखि आफ्नो उत्पादन परिक्षण गर्न लागेको छ । आयोजनाले आजदेखि आगामी १६ गतेसम्म बाँध, इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट स्टपलगायत हेडवक्र्सको परिक्षण गर्न लागेको जानकारी दिएको हो ।

आयोजनाका अनुसार उक्त आयोजनाबाट गरिने परिक्षणका लागि बाँधमा पानी पपठाउने र छोड्ने गरिनेछ । जसका कारण बाँध आसपास मानवीय कार्य जस्तै पौडी खेल्ने, लुगा धुने, माछा मार्ने, वस्तुभाउ लैजाने कार्य बन्द गनै आह्वान गरिएको छ ।

बाँधको तल्लो तटिय क्षेत्रहरु लामाबगर, छेतखेत, मान्थली, टुनीटार, जगतलगायतका क्षेत्रहरुमा नदीको पानी धेरैपटक घटबढ हुने बताईएको छ । बाँघमार्फत कुनैबेला ठुलो मात्रामा पानी छोड्नुपर्ने भई तल्लो तटीय क्षेत्रमा अप्ठ्यारो अवस्था सिर्जना हुने बताएको छ ।

यसका लागि आयोजनाले सुनकोशी दोभानसम्म तामाकोशीले छोएका सबै गाउँपालिकाहरुलाई पनि उक्त सूचना पठाईसकेको जानकारी दिएको छ । यो आयोजना नेपालकै इतिहासमा अहिलेसम्मको सबैभन्दा ठूलो स्वदेशी योजना हो । विद्युत् क्षमता ४५६ मेघावाट रहेको यस परियोजनाबाट वार्षिक २ अर्ब १९ करोड युनिट विद्युत् उत्पादन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL