Logo

विश्वमै खुशी देशको सूचीमा नेपालको पाँच स्थान सुधार, फिनल्याण्ड पहिलो स्थानमा

विश्वमै खुशी देशको सूचीमा नेपालको पाँच स्थान सुधार, फिनल्याण्ड पहिलो स्थानमा



काठमाडौँ । विश्वमै खुशी हुने देशको सूची (वर्ल्ड ह्यापिनेस इन्डेक्स)मा नेपालले पाँच स्थान सुधार गरेको छ । गत बर्ष ९२औ स्थानमा रहेको नेपाल यस बर्ष ५ स्थान सुधार गर्दै ८७औ स्थानमा उकिलएको हो । ह्यापिनेस इन्डेक्समा फिनल्याण्ड पहिलो स्थानमा रहेको छ ।

कोरोना महामारीको बीच विश्वका १४९ देशको ह्यापिनेस इन्डेक्स सार्बजनिक भएको हो । इन्डेक्समा छिमेकी मुलुक भारतको अवस्था दक्षिण एशियाका देशहरुमा भारत १३९औ स्थानमा रहेको छ भने पाकिस्तान १०५औ स्थानमा रहेको छ । त्यस्तै बंगलादेश १०१ स्थानमा छ भने म्यान्मार १२६ र श्रीलंका १२९औ स्थानमा रहेको छ । त्यस्तै अफगानिस्तान सबै भन्दा पुछार १४९औ स्थानमा रहेको छ भने माल्दिभ्स ८९औ स्थानमा रहेको छ ।

त्यस्तै अर्को छिमेकी मुलक चीन १९औ स्थानमा रहेको छ । संयुक्त राष्ट्र संघको सस्टेनेबल डेभलप्मेन्ट सल्युसन नेटवर्कले जारी गरेको ह्यापी नेस इन्डेक्समा पहिलो इस्थानमा फिनल्याण्ड लगातार चौथो बर्ष पहिलो नम्बरमा रहेको छ ।

आइसल्याण्ड दोस्रो, डेनमार्क तेस्रो, स्विटजरल्याण्ड चौथो, नेदरल्याण्ड पाँचौ, स्विडेन छैठौ, जर्मनी सातौ, नर्वे आठौँ, न्युजील्याण्ड नवौं, अस्ट्रिया दशौँ, इजरायल एघारौ, अस्ट्रेलिया बार्हौं, आयरल्याण्ड १३औ, अमेरिका १४औ, क्यानाडा १५औ, चेक रिपब्लिक १६औ, बेल्जियम १७औ, बेलायत १८औ, चीन १९औ र फ्रान्स २०औ स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL