Logo

किशोर प्रधानसहित २३५ जना उद्योगी-व्यवसायी एमालेमा प्रवेश, प्रधानमन्त्रीले गरे स्वागत

किशोर प्रधानसहित २३५ जना उद्योगी-व्यवसायी एमालेमा प्रवेश, प्रधानमन्त्रीले गरे स्वागत



काठमाडौं । २३५ जना उद्योगी व्यवसायी सामूहिक रुपमा नेकपा एमालेमा प्रवेश गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा २३५ जना उद्योगी व्यवसायीहरु एमालेमा प्रवेश गरेका हुन।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) का पूर्व उपाध्यक्ष तथा व्यवसायी किशोर प्रधान नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रधानसहित २३५ जना उद्योगी व्यवसायीलाई बालुवाटारमा आयोजित कार्यक्रम पार्टी प्रवेश गराइएको प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडले बताए ।

प्रवेश गरेकाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खादा ओढाएर स्वागत गरेका छन् । प्रधानसँगै सिताराम अग्रवाल, हितेश गोल्छा, पुनम ब्यास, कृष्ण प्रसाइँ, मदन मित्तल, अजय सरावगीलगायतका उद्योगी व्यवसायी पनि एमाले प्रवेश गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले निजी क्षेत्रसँगका समस्या समाधान गर्न आफू तयार र आफ्ना तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL