Logo

आठ महिनामा साढे ९ खर्बको आयात हुँदा निर्यात ८० अर्बको मात्रै, व्यापारघाटा साढे १ प्रतिशतले बढ्यो

आठ महिनामा साढे ९ खर्बको आयात हुँदा निर्यात ८० अर्बको मात्रै, व्यापारघाटा साढे १ प्रतिशतले बढ्यो



काठमाडौं । नेपालले चालु आर्थिक बर्षको पछिल्लो ८ महिनामा ९ खर्ब ४३ अर्व रुपैयाँ बढीको आयातको व्यापार गरेको छ । भन्सार विभागका अनुसार चालु आवको साउन महिनादेखि फागुन मसान्तसम्म नेपालले ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँ बराबरको मालवस्तु आयात गरेको हो ।

जुन गत आवको सोही अवधिको तुलनामा २ दशमलव १४ प्रतिशतले बढी हो । नेपालले गत आवको पहिलो ८ महिनामा ९ खर्ब २४ अर्ब रुपैयाँको आयात व्यापार गरेको थियो ।

यस्तै नेपालले चालु आवको पहिलो ८ महिनामा निर्यातको व्यापारमा पनि ७ दशमलव ८४ प्रतिशतको वृद्धि गरेको छ ।

गत आवमा ७४ अर्ब ९० करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको नेपालले चालु आवको सोही अवधिमा भने ८० अर्ब ७७ करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको हो ।

पछिल्ला महिनाअरुमा घटिरहेको व्यापारघाटा पनि चालु आवको ८ महिनामा भने बढेको छ । गत आव झण्डै ८ खर्ब ४९ अर्व रुपैयाँ पुगेको व्यापारघाटा यो बर्ष बढेर ८ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको हो । जुन गत बर्षको तुलनामा १ दशमलव ६३ प्रतिशतले बढी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL