Logo

सुनको मूल्यमा प्रतितोला ५ सयको गिरावट, चाँदीको मूल्य पनि घट्यो

सुनको मूल्यमा प्रतितोला ५ सयको गिरावट, चाँदीको मूल्य पनि घट्यो



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा ५ सय रुपैयाँको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्यमा ५ सय रुपैयाँको गिरावट आएको हो । शुक्रबार घटेको सुनेको मूल्य प्रतितोला ८६ हजार ७ सय रुपैयाँ पुगेको हो ।

बिहीबार सुन प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य घट्दै १ हजार २ सय ७५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्