Logo

वगाडियाको नेतृत्वमा महासंघको अन्तरराष्ट्रिय लगानी प्रवर्द्धन समिति विस्तार, आयोजनाको छनौट पछि मात्रै लगानी सम्मेलन

वगाडियाको नेतृत्वमा महासंघको अन्तरराष्ट्रिय लगानी प्रवर्द्धन समिति विस्तार, आयोजनाको छनौट पछि मात्रै लगानी सम्मेलन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अन्तराष्ट्रिय लगानी प्रवद्र्धन समिति विस्तार भएको छ । बिहीबार सो समितिका सभापति आनन्द वगाडियाको नेतृत्वमा उक्त समिति विस्तार गरिएको हो ।

महासंघको कार्यकारिणी समितिका सदस्य आनन्दकुमार वगाडियाको सभापतित्वमा गठित उक्त समितिको सदस्यहरुमा शक्तिकुमार वेगानी, गजेन्द्र भगत, दिवाकार राठी, समिर शर्मा, समीक्षा राई, दिलिप अग्रवाल र दिपिका श्रेष्ठ रहेका छन् ।

यसैगरी सो समितिको आमन्त्रित सदस्यहरूमा संदीपकुमार अग्रवाल, साहिल अग्रवाल, विजयसिंह वैद्य, संजय गिरी, भरतराज आचार्य, अभिमतराज सुमार्गी, शुभाशिष थपलिया, उज्जवल श्रेष्ठ, गुरुप्रसाद ढकाल, विशाल मणी उपाध्याय, मनोज पौडेल, सैबल घोष र रमेश अधिकारी रहेका छन् । यस्तै समितिका सल्लाहकारहरूमा इन्जिनियर देश बन्धु बस्नेत (अजित), सुनिल केसी, डा. नारायण प्रसाद रेग्मी र कुमार पन्त छन् ।

समिति विस्तार कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष शेखर गोल्छाले समितिले बाह्य लगानी आकर्षणका वास्तविक समस्याहरूको पहिचान सहित महासंघको सुझाव तयार गर्न आग्रह गरेका छन् । समितिको कार्य क्षेत्रनै मुलुकभित्र अन्तराष्ट्रिय लगानी प्रवद्र्धन रहेकाले यसमा ठोस उपलव्धी हुने गरि समितिलाई केन्द्रीत गर्न उनले सुझाव दिएका छन् ।

अध्यक्ष गोल्छाले वास्तविक लगानीकर्ताको सहभागितामा लगानी सम्मेलन गर्ने गरी समितिलाई तयारी थाल्न पनि सुझाव दिए । उनले भारत र चीनका यहांस्थित दुतावासहरूसंग समेत समन्वय गरेर गृहकार्य थाल्न सुझाव दिएका छन् ।

उनले कार्यक्रममा ठूला परियोजनाहरू पहिलानै तयारी गरि लगानी सम्मेलन गर्न सके त्यो बढी फलदायी हुने बताएका छन् । पूर्व तयारी नगरी लगानी सम्मेलन लगायतका कार्यक्रम गर्दा त्यो अपेक्षाकृत सफल हुन नसकेको अध्यक्ष गोल्छाको धारणा छ ।

अव ‘रेडिमेड प्रोजेक्ट’ सहित छिमेकी भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्र्याउने गरि काम गर्नुपर्ने उनले जानकारी दिए । उनले लगानी आकर्षणको अर्को महत्वपूर्ण पक्ष ‘कन्ट्री रेटिङ’ रहेको र उक्त काम अहिलेसमम नभईसकेको बताए । साथै एकद्वार प्रणालीको प्रभावकारी कार्यान्वयनमा सरकारको प्रतिवद्धता आवश्यक रहेको समेत उनको भनाई थियो ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल बाह्य लगानी आकर्षणका लागि लालयित छ भन्ने संदेश दिन समितिले कार्य गर्ने विश्वास आफूले गरेको बताए । वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र प्रत्यक्ष विदेशी लगानी आकर्षण हुन नसक्नुका विषयमा गहिरो अध्ययन गरी महासंघको सुझाव तयार गर्न समितिलाई सफलताको शुभ–कामना दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL