Logo

तीन दिन स्थिर रहेको सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

तीन दिन स्थिर रहेको सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा तीन दिन स्थिर रहेको सुनको भाउ बिहिबार बढेको छ । बुधबारको तुलनामा बिहिबार सुन तोलामा तीन सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन तोलाको ८७ हजार २०० रुपैंया कायम गरिएको छ । बुधबार सो मूल्य ८६ हजार ९०० रहेको थियो ।

यस्तै तेजावी सुन प्रतितोला ८६ हजार ७५० कायम गरिएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको भाउ बिहीबार तोलामा २० रुपैयाँले बढे १२ सय ९० पुगेको छ । बुधबार चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL