Logo

सुनको मूल्यमा सामान्य वृद्धि, यस्तो आजको बजार भाउ

सुनको मूल्यमा सामान्य वृद्धि, यस्तो आजको बजार भाउ



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य सामान्य वृद्धि भएको छ । पछिल्लो तीनदेखि स्थिर रही प्रतितोला ८६ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ३०० रुपैंया बढेर प्रतिताला ८६ हजार ९०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज नेपाली बजारमा ८६ हजार ४५० रुपैंया कायम भएको छ ।

यस्तै, चाँदीको मुल्य भने आज घटेको छ । बुधबार चाँदीको मूल्य तोलामा १० रुवैंयाले घटेर प्रतितोला १२ सय ७० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL