Logo

ज्योति लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, आज कार्यालय समयसम्म आवेदन दिन सकिने

ज्योति लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, आज कार्यालय समयसम्म आवेदन दिन सकिने



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको साधारण शेयर (आइपीओ) मा आवेदन दिने समसीमा आज सकिदैंछ । कम्पनीले गत फागुन २१ गते शुक्रबारदेखि प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ खुला गरेको थियो ।

निष्काशनमा आउने कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषका इकाइहरुलाई र सोही बराबरको शेयर इन्स्योरेन्सका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ ।

सामूहिक लगानी कोषका इकाइ र कर्मचारीहरुलाई सुरक्षित गरि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा आएको हो ।

यस आइपीओमा लगानीकर्ताले आज सम्म मात्र आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा मंगलबार साँझसम्ममा १५ लाख ७० हजार ४१४ जना आवेदकबाट ३ करोड ३४ लाख ६७ हजार ५७० किता शेयरको लागि आवेदन परेको छ ।

यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको ५९ लाख ४० हजार कित्ताको ५.६३ गुणा बढी हो । यसको निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल रहेको छ । आइपी ओकार्यालय समयसम्म आवेदन दिन सकिने एनएमबि क्यापिटलले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL