Logo

ज्योति लाइफले पायो आइपीओ निष्काशनको अनुमति, ६६ करोड बराबरको आइपीओ जारी गर्ने

ज्योति लाइफले पायो आइपीओ निष्काशनको अनुमति, ६६ करोड बराबरको आइपीओ जारी गर्ने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ज्योति लाइफ इन्स्योरेन्सलाई ६६ करोड बराबरको साधारण शेयर निष्काशनको अनुमति दिएको छ ।

यो सँगै कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशतले हुने ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो।

अनुमति पश्चात कम्पनीले १०० रुपैयाँ अंकित दरका ६६ लाख कित्ता साधारण शेयर जारी गर्नेछ । जसमध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत म्युचुअल फण्डहरुलाई सुरक्षित गरेर बाँकी सर्वसाधरणमा वितरण हुनेछ ।

गत असोज १२ गते सम्पन्न कम्पनीको साधारणसभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL