Logo

दोस्रो बजारमा ‘निफ्रा’को सेयर कारोबार, पहिलो कारोबार प्रतिकित्ता ३४० रुपैयाँमा

दोस्रो बजारमा ‘निफ्रा’को सेयर कारोबार, पहिलो कारोबार प्रतिकित्ता ३४० रुपैयाँमा



काठमाडौं । नेपाल इफ्रास्टक्टर बैंकको सेयर कारोबार खुलेको छ । केही समय अघि सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको सो बैंकको आज पहिलो कारोबार प्रतिकित्ता ३४० रुपैयाँमा भएको हो ।

नेपाल स्टक एक्सचेञ्जले निफ्राको सेयर कारोबारको लागि ओपनिङ रेञ्जको तल्लो सीमा ११३.६२ रुपैयाँ र माथिल्लो सीमा ३४०.८६ रुपैयाँ तोकेको थियो । सोही अनुरुप माथिल्लो सीमा पहिलो कारोबार भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि हालसम्मकै सबैभन्दा बढी ८ करोड कित्ता सेयर जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्