Logo

सेयरका बादशाह वारेन वफेट बन्ने बाटोमा दक्षिण कोरियाका १२ वर्षीय क्वान, जसले सेयरबाट एक वर्षमा ४३ प्रतिशत मुनाफा कमाए

सेयरका बादशाह वारेन वफेट बन्ने बाटोमा दक्षिण कोरियाका १२ वर्षीय क्वान, जसले सेयरबाट एक वर्षमा ४३ प्रतिशत मुनाफा कमाए



काठमाडौं । दक्षिण कोरियाका १२ वर्षीया क्वान जुनको दिनचर्या बिहान बिजनेस न्यूज हेरेपछि शुरु हुन्छ । किनकि अघिल्लो वर्ष उनले खरीद गरेको एउटा स्टकले ४३ प्रतिशत प्रतिफल दियो । क्वोनको आगामी लक्ष्य सुयरका बादशाह वारेन बफेट बन्ने हो ।

क्वानले अघिल्लो वर्ष आफ्नी आमाको २५ मिलियन कोरियन वन (२२ हजार ४ सय) डलर बचत बीउ पूँजीका रुपमा रिटेल ट्रेडिङ खाता खोल्न लगाए । यो समय कोरियन सेयर मार्केट एक दशकको सबैभन्दा तल्लो अंकबाट माथि उठने तरखरमा थियो ।

‘मैले आमाबुबासँग यसबारेमा कुरा गरेको थिए । मैले टेलिभिजनमा एक विशेषज्ञले अहिलेको समय दशकमा एकपटक आएको अवसर भएको बताएका थिए । जो वर्षको अन्त्यतिर सबैभन्दा उच्च छलाङ मार्यो– क्वानले भने ।

आफ्नो रोल मोडेल सेयरका बादशाह अमेरिकी वारेन वफेट भएको बताउँदै क्वान भन्छन–‘अल्पावधिका केन्द्रित कारेबारभन्दा पनिम आफ्नो लगानी १० देखि २० वर्षको लागि दीर्घकालीन दृष्टिकोणका साथ राख्न चाहन्छु । मलाई आशा छ कि यसले धेरै प्रतिफल दिनेछ ।’
क्वानजस्ता दक्षिण कोरियाका लगानीकर्ता ब्लू चिप्स सेयरमा ‘महत्वपूर्ण लगानी’ गर्दछन् । जसमा उपहारमा धन प्राप्त गर्नेहरु, मिनी कारका खैलोना तथा भेन्डिङ मेसिन चलाउनेहरु कोरोना भाइरस महामारीकोबीच रिटेल ट्रेडलाई वृद्धि गर्न नेतृत्व गरे ।

रिटेल ट्रेड वा खुद्रा कारोवार गर्ने लगानीकर्ताहरु कि त युवा वा त्यसभन्दा पनि कम उमेरका छन् । जसले देशको कुल सेयर कारोबारको दुईतिहाई सेयर कारोबार गरेका थिए । शिक्षा प्रणालीप्रति प्रश्न उठ्दा र घरबाट काम गर्ने प्रचलन बढ्दा इक्विटी बजारले अभिभावकहरूलाई पनि आकर्षित गरेको छ र यो प्रवृत्ति बढेको छ ।

‘आजको युगमा कलेजको डिग्री कति महत्वपूर्ण हुन्छ भनेर मलाई आश्चर्य लाग्छ,’ क्वानकी आमा ली युजु बताउँछिन् । जसले उनको शिक्षाको सट्टा व्यवसायमा प्राप्त उपलब्धिलाई प्रकाश पार्न खोजेकी थिइन । जुन पढाईपछि हरेक व्यत्तिले प्राप्त गर्न खोजेको हुन्छ । क्वोनले अहिले फेब्रुअरी,, २०२१ मा लगानीको लािग अध्ययन गरिरहेका छन् । ‘किनकि हामी अहिले जुन संसारमा बाँचिरहेका छौं । त्यसैले एक किसिमको मान्छे बन्न सक्नु राम्रो हुन्छ,’ ली भन्छिन । जसले राम्रो स्कूली शिक्षाले पनि उनको छोरालाई जागिर पाउन नसक्ने डर स्पष्ट देखाउछ ।

कोरियन टक मार्केट किवोम सेक्युरिटीजमा २१४,००० शेयर खाताहरू मध्ये करीव ५० प्रतिशतम नाबालिगका लागि खाता छन् । दक्षिण कोरियाको सबैभन्दा खुद्रामैत्री ब्रोकर, जसको बजार हिस्सा पाँचौं भन्दा बढीको छ । जनवरी २०२० मा वा पछि यसको स्थापना गरिएको थियो ।

गत वर्ष शुरु भएको कोरोना महामारीको कारण स्कूल बन्द हुँदा क्वानले आफुले सेयर खरिदका लागि सूची बनाए र उनले बजार सुधारको क्रममा त्यसलाई लागू गरे । जसमा दक्षिण कोरियाको सबैभन्दा ठूलो मेसेन्जर एप अपरेटर काकाओ कर्पोरेसनदेखि लिएर विश्वको सबैभन्दा ठूलो मेमोरी चिप निर्माता सामसुङ इलेक्ट्रोनिक्स र ह्युन्डाई मोटरसम्मका छन् ।

कोरियाली बेरोजगारी दर जनवरीमा तीव्र बढेको छ र कोरोनाभाइरसलाई नियन्त्रणमा राख्न गरिएका प्रयासबीच दुई दशकमा सबैभन्दा छिटो रोजगारी हराइरहेको छ । यस्तोमा युवाहरु आफै केही गर्नेमा केन्द्रि भएका छन् । ‘सियोल नेसनल युनिभर्सिटी जस्ता राम्रो स्कूलहरूमा जानु भन्दा बरु म ठूलो लगानीकर्ता बन्ने छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL