Logo

आजदेखि महिला लघुवित्तको आईपीओ बिक्री खुला, यसरी गर्नुस आइपीओ आवेदन

आजदेखि महिला लघुवित्तको आईपीओ बिक्री खुला, यसरी गर्नुस आइपीओ आवेदन



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आजदेखि सर्वसाधारणका लागि साधारण शेयर आईपीओ बिक्री खुला भएको छ । कम्पनीले ४ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो ।

निष्कासित आईपीओ मध्ये २० हजार कित्ता शेयर सामूहिक लगानी कोष र ५ हजार कित्ता कर्मचारीको लागि छुट्याएर बाँकी रहेको ३ लाख ७५ हजार कित्ता सेयर भने सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । आजबाट आवेदन खुला गरिएको आईपीओमा छिटोमा फागुन ४ गते र ढीलोमा फागुन १४ गतेसम्म आवेदन दिन सकिने छ ।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरोशेयर सफ्टवेयर प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् ।

काभ्रेको बनेपा नगरपालिकामा केन्द्रीय कार्यलय रहेको लघुवित्तले जारी पुँजी १० करोडको ४० प्रतिशत साधारण सेयर बिक्री सुरु गरेको हो । हाल ६ करोड चुक्ता पुँजी रहेको लघुवित्तको आईपीओ निष्कासन पछि १० करोड पुग्नेछ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले महिला लघुवित्तलाई “इक्राएनपी बीबी” रेटिङ प्रदान गरेको छ । जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको आधार जनाउँछ । इक्रा नेपालले सन् २०२० अक्टोबर २१ मा यो रेटिङ दिएको हो । यो रेटिङ सन् २०२१ अक्टोबर २० सम्म बहाल रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL