काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य उकालो लागेको छ । बुधबार दिनभर सामान्य उतारचढाव आएको नेप्से परिसूचक अन्तमा ८.६६ अंकले बढ्न पुगेको छ । पछिल्लो समय माईक्रोफाइनान्स तथा बीमा समुहको परिसुचकले उचालेको नेप्से परिसुचकमा आज भने बैंकिङ समुहको परिसुचक २६ अंकले बढ्दा समग्र नेप्से परिसूचक उकालो लागेको हो । सोमबारसम्म उच्च रुपमा बढेको माईक्रोफाइनान्स तथा जीवन बीमा समुहको परिसूचकमा गिरावट आउँदा बुधबार कारोबार रकमसमेत घट्न पुगेको छ ।
बिहीबार बजारमा प्रायःजसो समुहको परिसूचकमा गिरावट आएको छ । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसूचक ११५ अंकले घट्न पुगेको छ भने व्यापार ९७ अंक र उत्पादनमुलक समुहको परिसूचकमा ६९ अंकले गिरावट आएको छ ।
तर बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसूचकमा भने वृद्धि भएको छ । सो समुहको परिसुचक २६ अंकले उकालो लाग्दा निर्जीवन बीमा ६८, होटल ४४ र फाइनान्स समुहको परिसुचकमा ३८ अंकको वृद्धि भएको छ ।
पछिल्लो समय बजारमा कारोबार रकममा समेत गिरावट आएको छ । सोमबारसम्म दैनिक कारोबार १० अर्ब रुपैयाँभन्दा माथि पुगेकोमा अहिले घटेर ७ अर्ब ६४ करोड रुपैयाँमा खुम्चिएको छ । दिनभर १९१ कम्पनीको १ करोड ४९ ला कित्ता सेयर खरिदबिक्री भएको छ ।