काठमाडौं । चन्द्रागिरि हिल्सको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार सुरु भएको छ । गएको शुक्रबार नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयर आज नेप्सेको स्पेसल–प्रि ओपन सेसनमा १६१ रुपैयाँमा पहिलो कारोबार भएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ९६ रुपैयाँ ६९ पैसा देखि २९० रुपैयाँ ७ पैसासम्म ओपनिङ रेन्ज तोकेको छ । नेप्सेले सूचीकृत कम्पनीको पहिलो कारोबारको लागि पछिल्लो आर्थिक वर्षको अडिटेड वित्तीय विवरणको आधारमा नेटवर्थदेखि नेटवर्थको तीन गुणसम्म ओपनिङ रेन्ज तोक्ने गर्दछ ।
सोहीअनुसार प्रिओपनिङ सेसनमा कम्पनीको सेयर १६१ रुपैयाँमा पहिलो कारोबार भएको छ । १६१ रुपैयाँमा पहिलो कारोबार भए पनि कम्पनीको सेयरमा खरिद चाप रहेको छ भने बिक्री चाप शून्य छ ।