Logo

सेयर मूल्य उच्च भएका दुई कम्पनीको सेयर कारोबार रोक्का, नेप्सेले दियो यस्तो कारण

सेयर मूल्य उच्च भएका दुई कम्पनीको सेयर कारोबार रोक्का, नेप्सेले दियो यस्तो कारण



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुई कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । धितोपत्र बजारको नियामक निकाय नेप्सेले राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरेको हो । नेपाल स्टक एक्सचेन्जले आइतबार विज्ञप्ति जारी गरी यस्तो जानकारी गराएको हो ।

धितोपत्र ऐनअनुसार कामकारबाही नगरेपछि यी दुई कम्पनीको सेयर कारोबार रोकिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेका अनुसार यी दुई कम्पनीले लामोसमयदेखि त्रैमासिक रूपमा बुझाउनुपर्ने वित्तीय विवरणसमेत बुझाउन सकेको छैन । लामो समय साधारण सभा गर्न नसकेका यी दुवै कम्पनी नेपाल सरकारको लगानी रहेका कम्पनी हुन् । दुबै कमपनीको दोश्रो बजारमा सेयर मूल्य उच्च रहेको छ ।

राष्ट्रिय बिमा कम्पनीले विगत आठ वर्षदेखि साधारण सभा नै गरेको छैन । यद्यपि, यसको सेयर मूल्य आयतबारसम्म मात्रै १६ हजार ६ सय ७० रुपैयाँ रहेको छ । विशाल बजारको भने सेयर मूल्य २ हजार ८ सय ८० रुपैयाँ रहेको छ ।

नेप्सेले यी दुवै कम्पनीलाई लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन पठाउन भने पनि नपठाएको भन्दै रोक्का गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL