Logo

माउण्टेन इनर्जीको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

माउण्टेन इनर्जीको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने



काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यसअघि सम्बन्धीत स्थानीयतहरुलाई शेयर बिक्री गरिसकेको कम्पनीको सेयरका लागि सर्वसाधारणले आजदेखि उक्त कम्पनीको आईपीओमा आवेदन दिन सक्ने छन् ।

कम्पनीले पहिलो चरणमा म्याग्दी र नुवाकोट जिल्लाका स्थानीयलाई आईपीओ निष्काशन गरेको थियो । अहिले भने सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको हो ।

यस आईपीओमा छिटोमा मंसिर २ गतेसम्म आवेदन दिन सकिने छ । ढिलोमा भने मंसिर १० गतेसम्म आवेदन खुल्ला गरिने कम्पनीको भनाइ छ । यसको शेयर बिक्री प्रवन्धकमा भने नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटल रहेका छन् ।

कम्पनीले सर्वसाधारणलाई कुल ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्न गरि धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । त्यसमा सर्वसाधारणलाई १९ लाख ६८ हजार २७ कित्ता शेयर बिक्री गरिने छ ।

त्यसमा पनि ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका छुट्टाइएको छ । त्यो अनुसार १८ लाख ३० हजार २६५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छ । कम्पनीले अन्य १९ लाख ६८ हजार २७ कित्ता शेयर भने स्थानीयलाई बिक्री गरिसकेको छ ।
कम्पनीको यस आईपीओले केयर रेटिङ्ग नेपालबाट केयर एनपी ग्रेड ४ प्लस रेटिङ्ग प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL