Logo

माउन्टेन इनर्जी नेपालको आइपीओ भोलिदेखि खुल्दैं, सर्वसाधारणको लागि १८ लाख ३० हजार कित्ता

माउन्टेन इनर्जी नेपालको आइपीओ भोलिदेखि खुल्दैं, सर्वसाधारणको लागि १८ लाख ३० हजार कित्ता



काठमाडौं । माउन्टेन इनर्जी नेपालको आइपीओ बुधवारदेखि निष्काशन हुने भएको छ । कम्पनीको १९ लाख ६८ हजार २७ कित्ता बराबरको १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने भएको हो ।

उक्त शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३ सय ६१ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँड गरी बाँ की १८ लाख ३० हजार २ सय ६५ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गर्ने कम्पनीको योजना रहेको छ ।

उक्त साधारण शेयरमा छिटोमा मङ्सिर २ गतेसम्म र ढिलोमा मङ्सिर १० गतेसम्म आवेदन दिन सकिने कम्पनीले बताएको छ ।

उक्त शेयरको निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेडले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL