Logo

नेप्सेमा ४.२२ अंकको वृद्धि, ३ अर्ब ६९ करोडको कारोबार

नेप्सेमा ४.२२ अंकको वृद्धि, ३ अर्ब ६९ करोडको कारोबार



काठमाडौं । सोमबार सेयर बजार परिसूचक (नेप्से) ४.२२ अंकले बढेको छ।  बजार बढेसँगै परिसूचक १६५२.८० अंकमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स भने ०.६१ अंकले घटेर ३२५.३३ अंकमा झरेको छ। 

आज १९५ कम्पनीको १ करोड ३५ हजार सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६९ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

सोमबार बैंकिङ समूहको उपसूचक ११.५२, होटल ४.१, विकास बैंक १५.२६, जलविद्युत् १५.२३, जीवन बिमा १७.१९ र म्युचुअल फण्ड समूहको उपसूचक ०.०४ अंकले ओरालो लागेको छ। 

व्यापार समूहको उपसूचक ५८.८, फाइनान्स ०.९२, निर्जिवन बिमा ६५.८५, उत्पादन २६.६८, अन्य ४६.६४ र माइक्रोफाइनान्स ३१.६२ अंकले बढेको छ। 

आज कर्पोरेट डेभलप्मेन्ट बैंक लिमिटेडका लगानीकर्ताले बढी कमाएका छन् भने घलेम्दी जलविद्युत् कम्पनीका लगानीकर्ताले गुमाएका छन्। 

प्रतिक्रिया दिनुहोस्
MBL