Logo

९ अंकले बढ्यो नेप्से, सवै समुह हरियो

९ अंकले बढ्यो नेप्से, सवै समुह हरियो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१२ असोज,काठमाडौं । मंगलवार नेप्से परिसुचक ९ दशमलव २१ अंकले उकालो लागेको छ । भारतले अघोषित नाकाबन्दी गरिरहेको वेलामा चीनको सर्मथनसँगै सेयर बजार उकालो लागेको हो । सो दिन सेयर बजार १ हजार १ सय ६९ दशमलव ३० अंकमा पुगेर बन्द भएको छ ।
सो दिन कारोवारमा आएका सबै समुहको परिसुचक उकालो लागेको छ । मंगलवार बीम समुहको परिसुचक सवैभन्दा बढी २७ दशमलव १७ अंकले बढेको छ ।

त्यस्तै जलविद्युत १३ दशमलव ९६ र बैंकिङ समुहको परिसुचक १२ दशमलव ४९ अंकले उकालो लागेको छ । त्यसैगरी विकास बैंक ५,होटल ३दशमलव ९ ट्रेडिङ ० दशमलव ९८ र फाइनान्स समुहको परिसुचक ० दशमलव ७२ अंकले उकालो लागेको छ ।

मंगलवार १ सय २० कम्पनी कारोवारमा आएका थिए । ७ लाख ८३ हजार कित्ता सेयरबाट ४६ करोड ४४ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्