Logo

साढे १६ अंकले घट्यो नेप्से, सवै समुह ओरालो

साढे १६ अंकले घट्यो नेप्से, सवै समुह ओरालो


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

११ असोज,काठमाडौं । भारतले गरेको अघोषित नाकाबन्दीको असर सेयर बजारमा पनि परेको छ । सोमवार नेप्से परिसुचक १६ दशमलव ७७ अंकले घटेको छ । १ हजार १ सय ६० अंकमा झरेर बजार बन्द भएको छ ।

बजार खुलेको पहिलो दिन सवै समुहको परिसुचक ओरालो लागेको छ । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय दशमलव४७ अंकले ओरालो लागेको छ । त्यस्तै होटल समुहको ३५ दशमलव ६७ र जलविद्युत समुहको परिसुचक ३१ दशमलव १ अंकले घटेको छ ।

सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको वैंक समुहको परिसुचक १८ अंकले घटेको छ भने विकाश वैंक ६ दशमलव ४८, उत्पादन ३ दशमलव४१,अन्य २ दशमलव ३छ र फाइनान्स समुहको सुचक १ दशमलव ९९ अंकले घटेको छ । १ सय ७ कम्पनीको ६ लाख ८४ हजार कित्ता सेयरबाट ४९ करोड २६ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्