Logo

मेरो शेयरको मोवाइल एप बुधबार सार्वजनिक हुँदैं, अब एपबाट नै आईपीओ भर्न सकिने

मेरो शेयरको मोवाइल एप बुधबार सार्वजनिक हुँदैं, अब एपबाट नै आईपीओ भर्न सकिने



काठमाडौं । मेरो शेयरको मोवाइल एप्स सार्वजनिक हुने भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले बुधबार उक्त मोवाइल एप सार्वजनिक गर्न लागेको हो ।

सीडीएससीले उक्त एपको आन्तरीक परिक्षण गरि सकेको छ । आन्तरीक परिक्षण सफल भएपछि सर्वसाधारणका लागि पनि त्यो सार्वजनिक गर्न लागिएको हो ।

पहिलो चरणमा एनड्रोईड मोेवाइलमा मात्र यो डाउनलोड गर्न सकिने छ । आईओएस सिस्टमको मोवाइल फोनको लागि पनि एप तयार गरिनेछ । हालसम्म मेरो शेयरको सफ्टवयर वेवबेस मात्र रहेको थियो ।

उक्त मोवालइ एपमार्फत पनि मेरो शेयरमार्फत गर्न सकिने कामहरु गर्न सकिने छ । बिशेषगरि आईपीओमा आवेदन दिन सकिने, शेयर विक्री पश्चात ट्रान्सफर गर्ने सुविधा यसमा हुने छ । अहिले मेरो शेयर सफ्टवेयरमा बिभिन्न समस्याहरु देखिएका छन् । तर, मोवाइल एपमा भने त्यस्तो नहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL