Logo

नेप्सेको टीएमएसमा समस्या, सेयर कारोबार स्थगित

नेप्सेको टीएमएसमा समस्या, सेयर कारोबार स्थगित



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को टीएमएसमा समस्या आएको छ । यससँगै साताको पहिलो दिन शुरुआतमै सेयर कारोबार स्थगित भएको छ ।

नेप्सेका अनुसार समस्या समाधान भएपछि फेरि कारोबार खुला गरिने छ ।

पछिल्लो समय टीएमएसमा पटकपटक समस्या देखिए पनि स्थायी समाधान हुन नसक्दा लगानीकर्ता समस्यामा पर्दै आएका छन् ।

‘नेप्से कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएकोले हाल कारोबार रोक्का राखिएको छ । हामी उक्त समस्या समाधानका लागि प्रयासरत छौं । यसबाट पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं’, नेप्सेले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL