काठमाडौं । रिलायन्स लाइफ इन्सुरेन्सको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । कम्पनीको २ करोड १० लाख कित्ता सेयर सूचीकरण गरिएको हो ।
यससँगै मंगलबारबाट यसको सेयर कारोबार खुला हुने भएको छ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ ।
जसअनुसार पहिलो कारोबार न्यूनतम १०७ रुपैयाँ ५९ पैसादेखि अधिकतम ३२२ रुपैयाँ ७७ पैसाभित्र रहेर हुनेछ । आरएलआई संकेतमा यसको कारोबार खुला हुने नेप्सेले दिएको जानकारीमा छ ।