Logo

लिबर्टी इनर्जीको आइपीओ बाँडफाँट सम्पन्न, ३० कित्तासम्म माग गर्ने सबै आवेदकले पाए मागअनुसार सेयर

लिबर्टी इनर्जीको आइपीओ बाँडफाँट सम्पन्न, ३० कित्तासम्म माग गर्ने सबै आवेदकले पाए मागअनुसार सेयर



काठमाडौ । लिवर्टी इनर्जी कम्पनीको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । जसमा ३० कित्तासम्म माग गर्ने सबै आवेदकले मागअनुसार सेयर प्राप्त गरेका छन् । एनआइबीएल एस क्यापिटलको कार्यालयमा १२ बजे बाँडफाँट आइपीओ अधिकतम ४० कित्तासम्म परेको छ ।

यस आइपीओमा १ लाख ८८ हजार ३७३ जना रीतपूर्वक आवेदद दिनेले न्यूनतम १० कित्तादेखि ४० कित्तासम्म सेयर पाएका छन् । जस अनुसार ९४ हजार ९०४ आवेदकले १० कित्ता सेयर पाएका छन् भने ४५ हजार ४८ आवेदकले २० कित्ता र ४८ हजार २२१ आवेदकले ३० कित्ता हात पारेका छन् । यसैगरी, गोलाप्रथाबाट २५ हजार ६२० आवेदकले थप १० कित्तासमेत गरी ४० कित्ता सेयर पाएका छन् ।

यस आइपीओमा कुल १ लाख ८८ हजार ४९९ जनाले आवेदन दिएका थिए । जसमध्ये १२६ आवेदन रद्द भएको छ । यस कम्पनीले भदौ ३ गतेबाट ७ गतेसम्म सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले यसअघि स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्दा बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत थप गरी ३५ लाख ६४ हजार ९३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो ।

यस आइपीओले ग्रेड ४ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दाकम आधार जनाउने रेटिङ दिएको हो । यसले लमजुङ जिल्लाको फलेनी र दोदेनी गाउँपालिकामा, २५ मेगावटको अपर दोर्दी ‘ए’ हाइड्रोपावर निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL