Logo

टीएमएसमा समस्या देखिएपछि रोकिएको सेयर कारोबार खुल्यो, आज सवा पाँच बजेसम्म कारोबार हुने

टीएमएसमा समस्या देखिएपछि रोकिएको सेयर कारोबार खुल्यो, आज सवा पाँच बजेसम्म कारोबार हुने



काठमाडौं । टीएमएसमा समस्या देखिएपछि १२ बजेपछि बन्द भएको सेयर कारोबार पुनः खुलेको छ । टीएमएसमा देखिएको समस्याका कारण केही ब्रोकरबाट अर्डर नै हाल्न नमिलेको र केही ब्रोकरबाट मल्टिपल अर्डर गएपछि १२ बजेर ३ मिनेटदेखि सेयर कारोबार अवरुद्ध भएको थियो ।

ब्रोकरबाट टीएमएसमा समस्या हुँदा मल्टिपल अर्डर गएकाले क्लोज आउटको समस्या हुने भयो भन्‍ने गुनासो आएको भन्दै त्यसमा अध्ययन गरिने नेप्सेले जनाएको छ ।

यसैबीच नेप्सेले सेयर कारोबार गर्ने समय थपेको छ । दिनभर बजार चल्न नसकेपछि अब समय थपेर साँझ ५ बजेर १५ मिनेट जाँदासम्म पुर्याइएको हो । ३ बजेर १५ मिनेटबाट कारोबार सुरु हुने र साँझ सवा ५ बजेसम्म बजार खुल्ने नेप्सेले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL