Logo

सेयरमा लगानी गर्न चाहनुहुन्छ ? यस्ता छन् नयाँ लगानीकर्ताका लागि सेयरबाटै अर्बपति बनेका वारेन बफेटका सुझाव

सेयरमा लगानी गर्न चाहनुहुन्छ ? यस्ता छन् नयाँ लगानीकर्ताका लागि सेयरबाटै अर्बपति बनेका वारेन बफेटका सुझाव



काठमाडौं । वारेन वफेट सेयर बजारका बादशाहका रुपमा चिनिन्छन् । बर्कसायर हाथवे कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्थात विश्वकै चौथो धनी रहेका वारेन वफेटले आफु ११ बर्षको हुँदा सेयर बजारमा लगानी गरेका थिए । हाल ७३ अर्ब अमेरिकी डलर सम्पतिसहित बफेट फोब्र्सको सूचीमा विश्वकै तेस्रो धनी व्यक्तिको सूचीमा रहेका छन् ।

वारेन बफेटले आफ्नो लगानीमा सफल हुनुको प्रमुख मन्त्र अनुभव भएको बताउँछन् । उनका अनुसार कोही व्यक्तिले पैसा र अनुभव भएको मानिस भेट्यो भने उसले पैसालाई छोडेर अनुभवलाई समेट्न पुग्छ । उनकोसबैभन्दा प्रसिद्ध भनाई छ ‘जब कोही लोभी छ भने आफु भयभित हुनपर्छ, यदि अरु कोही भयभित छ भने आफु लोभी हुनुपर्छ ।’

वारेन बफेट एक सहनशील लगानीकर्ताको रुपमा पनि चिनिन्छन् । उनले आफ्ना लामो समय सेयर बजारमै विभिन्न समस्या झेल्दै विताएर पछि सफल भएकाले पनि उनका शब्दहरुमा सबैले सफलताको रहस्य भेट्छन् । उनले विभिन्न समयमा कसरी सफलता हासिल गर्न सकिन्छ भनेर विभिन्न मन्तब्यहरु पनि दिने गर्छन । सेयर बजारमा हात हाल्न खोज्ने नयाँ लगानीकर्ता लागि पनि बफेटले केही टिप्स दिएका छन् । जसलाई निकै महत्वपूर्ण पनि मान्छि ।

बफेटका सुझावहरु :


लगानी दीर्घकालीन खेल हो
पैसा एक राति नै बढ्ने होईन । अर्थात नौ जना महिला गर्भवति भएर एक महिनामै बच्चा जन्मिदैन । सोहीअनुसार नतिजा प्राप्त गर्न पनि समय कुर्नुपर्छ । त्यसैले वारेन आफुले जस्तै सफलता प्राप्त गर्न निश्चित समय कुर्नुपर्ने बताउँछन् । लगानी गर्दा एकैरातमा पैसा फल्छ भन्ने सोच राख्नुहुँदैन । लगानी गर्दा लामो समयसम्म लगानी गर्न सक्छु भन्ने अठोटसहित लगानी गर्नुपर्ने उनको भनाई छ । यस्तै उनले हालसम्म कहिल्यैपनि स्टकको कारोबार गरेका छैनन् । उनले भन्ने गर्छन ‘यदि आफुले किनेको सेयर कम्तीमा १० बर्षसम्म राख्नुपर्दछ यदि त्यस्तो गरिन्न भने लगानी गर्नेबारे पनि सोच्नुहुँदैन ।’

धेरै कम्पनीको सेयरमा लगानी गर्नु सँधै राम्रो हुन सक्दैन
धेरै लगानीकर्ताहरु धेरै कम्पनीमा थोरै–थोरै लगानी गर्नुलाई राम्रो मान्छन । तर, बफेट भने यो आईडियालाई ठीक मान्दैनन । उनका अनुसार धेरै कम्पनीमा लगानी गर्नु अनुभव नभएका लगानीकर्तालाई मात्रै ठीक हुन्छ । तर, अनुभव भएका लगानीकर्ताले भने एकै कम्पनीमा दीर्घकालसम्मका लागि लगानी गर्नु उचित हुने उनी बताउँछन् ।

आफुले थाहा नपाएको कम्पनीमा लगानी नगर्नुहोस
यो वारेन बफेटको सबैभन्दा महत्वपुर्ण टिप्स मानिन्छ । धेरै मानिसहरुले आफुले मेहनत गरी कमाएको पैसा आफुलाई थाहै नपाएको कम्पनीमा लगानी गर्छन । जो डुब्ने सम्भावन प्रबल रहन्छ । तर यस्तो गर्नु गल्ती हुने वफेट बताउँछन । उनका अनुसार अरुले राम्रो भनेको आधारमा सेयर बजारमा लगानी गर्नु उचित हुँदैन । तर उक्त कम्पनीलाई एकचोटी ध्यान दिएर बुझेर मात्रै लगानी गर्नुपर्ने उनको भनाई छ ।

यी टिप्सहरु वारेन वफेटले धेरैलाई दिने टिप्सहरु हुन् । यस्तै उनको केही अन्य टिप्सहरु भने यसप्रकार छन् :


आफुले आफुलाई सफल लगानीकर्ताको रुपमा विश्वास गर्नुस

आफुले लगानी गरेको कम्पनीलाई आफ्नै कम्पनी सोच्नुस

सस्तो भन्दा पनि गुणस्तरीय स्टक खरिद गर्नुहोस

भावुक नहुनुस । मार्केट विजार्डबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्