Logo

समाज लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिने

समाज लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिने



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । भदौ ४ गतेदेखि विक्री खुला भएको रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्त वित्तीय संस्थाको आईपीओमा आज कार्यलाय समयसम्म आवेदन दिन सकिने विक्री प्रबन्धकहरुले बताएका छन् ।

समाज लघुवित्तले ८० हजार ७०० कित्ता सर्वसाधारणका लागि विक्रिमा ल्याएको छ । सिद्धार्थ क्यापिटल विक्रि प्रबन्धक रहेको समाज लघुवित्तले ८६ हजार कित्ता शेयरमध्य १ हजार कित्ता कर्मचारीहरुका लागि र ४ हजार ३०० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ८० हजार ७०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो ।

समाज लघुवित्तको आइपिओमा भने खुलेको पहिलो दिनमै १५ गुणा धेरै आवेदन परेको थियो । शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलकाअनुसार पहिलो दिन नै ५३ हजार १ सय आवेदकले १३ लाख ३३ हजार ३ सय कित्ताका लागि आवेदन दिएका थिए।

यसैगरी रिलायन्स लाइफले ५६ लाख ७० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि विक्री खुला गरेको छ । सानिमा क्यापिटल विक्रि प्रबन्धक रहेको यो कम्पनीको कुल ६३ लाख कित्ता शेयरमध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट पश्चात ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।

रिलायन्सको आइपीओमा शुक्रबारसम्मै मागको तुलनामा दोब्बर आवेदन परेको शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ ।

शुक्रबारसम्म १ करोड २६ लाख ७० हजार ९६० कित्ताका लागि आवेदन परेको क्यापिटलले जनाएको छ । समाज र रिलायन्सको आइपीओमा माग भन्दा बढी आवेदन परिसकेकाले छिटो बिक्री बन्द गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL