Logo

लिवर्टी इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन, समाज लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा भोलिसम्म आवेदन दिन सकिने

लिवर्टी इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन, समाज लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा भोलिसम्म आवेदन दिन सकिने



काठमाडौं । पछिल्लो समय आइपीओ निष्काशन गरेका तीनवटा कम्पनीको आइपीओमा आवेदन दिने समय आज र भोलि सकिदै छ । भदौं ३ देखि आइपीओ निष्काशन गरेको लिवर्टी इनर्जी कम्पनीको आइपीओमा आवदेन दिने समय आज सकिदैंछ । यस्तै भदौ ४ गतेदेखि विक्री खुला भएको रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने समय सोमवारसम्म रहेको छ ।

लिवर्टी इनर्जी कम्पनीले कम्पनीले यसअघि स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्दा बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत थप गरी ३५ लाख ६४ हजार ९३० कित्ता सेयर सर्वसाधारणमा बिक्रिमा ल्याइएको छ। लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यस कम्पनीको आइपीओमा गत शुक्रबार साँझसम्ममै ३४ करोड ३० लाख ३४ हजार रुपैयाँ बराबरको आवेदन परिसकेको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा १ लाख २ हजार ६९५ जनाले ३४ लाख ३० हजार ३४० कित्ताका लागि आवेदन दिइसकेका छन् ।

यस्तै समाज लघुवित्तले ८० हजार ७०० कित्ता सर्वसाधारणका लागि विक्रिमा ल्याएको छ । सिद्धार्थ क्यापिटल विक्रि प्रबन्धक रहेको समाज लघुवित्तले ८६ हजार कित्ता शेयरमध्य १ हजार कित्ता कर्मचारीहरुका लागि र ४ हजार ३०० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ८० हजार ७०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो ।

समाज लघुवित्तको आइपिओमा भने खुलेको पहिलो दिनमै १५ गुणा धेरै आवेदन परेको थियो । शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलकाअनुसार पहिलो दिन नै ५३ हजार १ सय आवेदकले १३ लाख ३३ हजार ३ सय कित्ताका लागि आवेदन दिएका थिए।

यसैगरी रिलायन्स लाइफले ५६ लाख ७० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि विक्री खुला गरेको छ । सानिमा क्यापिटल विक्रि प्रबन्धक रहेको यो कम्पनीको कुल ६३ लाख कित्ता शेयरमध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट पश्चात ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।

रिलायन्सको आइपीओमा शुक्रबारसम्मै मागको तुलनामा दोब्बर आवेदन परेको शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ । शुक्रबारसम्म १ करोड २६ लाख ७० हजार ९६० कित्ताका लागि आवेदन परेको क्यापिटलले जनाएको छ । समाज र रिलायन्सको आइपीओमा माग भन्दा बढी आवेदन परिसकेकाले छिटो बिक्री बन्द गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL