Logo

९ अंकले बढ्यो नेप्से, ७७ करोडको कारोवार

९ अंकले बढ्यो नेप्से, ७७ करोडको कारोवार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

३ भदौ,काठमाडौं । साताको अन्तिम दिन नेप्से ९ अंकले उकालो लागेको छ । बुधबार हालसम्मकै रेकर्ड तोडेको सेयर बजार विहीवार १ हजार २ सय दशमलव ९२ अंकमा पुगेर बन्द भएको छ ।

सो दिन कारोवारमा आएकामध्ये अधिकांश समुहको परिसुचक उकालो लागेको छ । बिहीवार उत्पादन समुहको परिसुचक सवैभन्दा बढी २२ दशमलव ९८ अंकले बढेको छ । त्यस्तै होटल २१ दशमलव ३१, अन्य १६ दशमलव ४५र बीमा समुहको परिसुचक ११ दशमलव ७ अंकले बढेको छ ।

त्यस्तै विकास बैंक, बैंकिङ र फाइनान्स समुहको परिसुचक क्रमशः १० दशमलव ४२, ८ दशमलव ४द्ध र ३ दशमलव ६७ अंकले बृद्धि भएको छ ।

यता जलविख्ुत समुहको सुचक भने १५ दशमलव ९२ अंकले ओरालो लागेको छ । सो दिन १ सय ४५ कम्पनीको १६ लाख १२ हजार २ सय ६४ कित्ता सेयरबाट ७७ करोड ३१ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL