Logo

साढे ४५ अंकले बढ्यो नेप्से, ८२ करोड ५५ लाख बराबरको कारोवार

साढे ४५ अंकले बढ्यो नेप्से, ८२ करोड ५५ लाख बराबरको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

३२ साउन,काठमाडौं । साताको दोस्रो दिन सोमवार नेप्से ४५ दशमलव ५५ अंकले बढेको छ ।

सो दिन बजार १ हजार १ सय ५७ दशमलव ०६ अंकमा पुगेर बन्द भएको छ ।

सो दिन ट्रेडिङ समुह बाहेक अन्य समुहको परिसुचक उकालो लागेको छ । सोमवार उत्पादन समुहको परिसुचक ६७ दशमलव ४६ अंकले बढेको छ ।

त्यस्तै बैंकिङ समुहको ६४ दशमलव ६७ र होटल समुहको परिसुचक २९ दशमलव ६७ अंकले उकालो लागेको छ । त्यसैगरी अन्य, बीमा, जलविद्युत, विकास बैंक तथा फाइनान्स समुहको परिसुचक क्रमशः २९ दशमलव ३७, २८ दशमलव ०९, २५ दशमलव ४५, ९ दशमलव ४८ तथा १ दशमलव ९६ अंकले बढेको छ ।

यता ट्रेडिङ समुहको परिसुचक भने ६ दशमलव ४१ अंकले ओरालो लागेको छ । कारोवारमा आएका १ सय २७ कम्पनीको १३ लाख ५३ हजार ६ सय ४९ कित्ता सेयरबाट ८२ करोड ५५ लाख ६९ हजार बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL