Logo

साढे २३ अंकले बढ्यो नेप्से, कारोवार १ अर्व नजिक

साढे २३ अंकले बढ्यो नेप्से, कारोवार १ अर्व नजिक


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

३१ साउन,काठमाडौं । साताको पहिलो दिन आइतवार सेयर बजार २३ दशमलव ६३ अंकले बढेको छ ।

सो  दिन १ हजार १ सय १२ दशमलव ०५ अंकमा पुगेर बजार बन्द भएको छ ।  कारोवारमा आएका मध्ये विकास बैंक, फाइनान्स र बीमा बाहेक अन्य समुहको परिसुचक उकालो लागेको छ ।

आइतवार अन्य समुहको परिसुचक सवैभन्दा बढी ३९ दशमलव ९४ अंकले बढेको छ । त्यस्तै बैंकिङ समुहको ३२ दशमलव ९७ र जलविद्युत समुहको सूचक २५ दशमलव ४ अंक्ले बढेको छ । त्यसैगरी होटल समुहको सूचक १२ दशमलव ४८ अंकले उकालो लागेको छ ।

यता विकास बैंक, फाइनान्स र बीमा समुहको सूचक भने ९ दशमलव ५६, १ दशमलव २१ र १ दशमलव ४९ अंकले ओरालो लागेको छ । १ सय ३३ कम्पनीको १६ लाख कित्ता सेयरबाट ९८ करोड ८६ लाख ६३ हजार बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL