Logo

सामान्य घट्यो नेप्से, ५४ करोडको कारोवार

सामान्य घट्यो नेप्से, ५४ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२७ साउन,काठमाडौं । बुधवार सेयरबजार ० दशमलव ५९ अंकले ओरालो लागेको छ । सो दिन १ हजार ७७ दशमलव १९ अंकमा झरेर बजार बन्द भएको हो ।

बुधवार कारोवारमा आएका मध्ये बैंकिङ, विकास बैंक र फाइनान्स समुहको सुचक ओरालो लागेको छ । जसमध्ये विकास बैंक्को ६ दशमलव ९९, फाइनान्सको १ दशमलव ३९ र बैंक समुहको १ दशमलव ७६ अंकले घटेको छ ।

यता होटल, जलविद्युत, बीमा तथा उत्पादन समुहको परिसुचक भने क्रमशः ३ दशमलव ७५, १७ दशमलव ९८, ११ दशमलव ८४ र २२ दशमलव ७८ अंकले उकालो लागेको छ । १ सय ३८ कम्पनीको १० लाख ५५ हजार ६ सय ९५ सेयर किनबेचबाट ५४ करोड ४६ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL