Logo

साढे ३ अंकले घट्यो नेप्से, ५५ करोडको कारोवार

साढे ३ अंकले घट्यो नेप्से, ५५ करोडको कारोवार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२६ साउन,काठमाडौं । मंगलवार सेयरबजार ३ दशमलव ५८ अंकले ओरलो लागेको छ । सोमबार १ हजार ८१ दशमलव ३६ अंकमा पुगेको बजार मंगलवार भने १ हजार ७७ दशमलव ७८ अंकमा झरेर बन्द भएको छ ।

सो दिन अधिकांश समूहको परिसूचकमा कमी आएकोले समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । मंगलवार होटल र बीमा काहे अन्य समूहको परिसुचकमा गिरावट आएको छ । कारोवारमा आएका मध्ये बैंकिङ, विकास बैंक, जलविद्युत र बीमा समुहको परिसुचक क्रमश ४ दशमलव ३१, ५ दशमलव १७, १३ दशमलव १५ र १२ दशमलव ०७ अंकले घटेको छ ।

यता होटल समुहको परिसुचक २१ दशमलव ३४ र फाइनान्स समुहको ० दशमलव २५ अंकले बढेको छ ।

सो दिन १ सय ३द्ध कम्पनीको ९ लाख १६ हजार ७ सय ६७ कित्ता सेयरबाट ५५ करोड ९३ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL