Logo

सामान्य घट्यो नेप्से, कारोवारमा पनि कमी

सामान्य घट्यो नेप्से, कारोवारमा पनि कमी


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संबाददाता

१९ साउन,काठमाडौं । मंगलवार नेप्से परिसुचक ० दशमलव ४८ अंकले ओरालो लागेको छ ।

१ हजार २९ दशमलव ९२ अंकमा झरेर बजार बन्द भएको छ । सो दिन जलविद्युत, बैंक तथा होटल समुहको परिसुचक क्रमशः ९ दशमलव ४५, ३ दशमलव २५ र ३ दशमलव २३ अंक्ले ओरालो लागेको छ । यता बीमा,विकास बैंक, फाइनान्स,अन्य समुहलगायतको परिसुचक भने बृद्धि भएको छ ।

जसमध्ये बीमा समुहको परिसुचक सवैभन्दा बढी ३६ दशमलव ६६ अंकले बढेको छ । त्यस्तै अन्य समुहको २ दशमलव ३५, विकास बैंक १ दशमलव ५३ र फाइनान्स समुहको परिसुचक १ दशमलव ३९ अंकले बढेको छ ।

१ सय ४४ कम्पनीको ९ लाख ९३ हजार ९ सय ६८ कित्ता सेयरबाट ४५ करोड २७ लाख बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL