Logo

करिव ७ अंकले घट्यो नेप्से, ४२ करोडको कारोवार

करिव ७ अंकले घट्यो नेप्से, ४२ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१३ साउन,काठमाडौं । बुधवार सेयर बजार ६ दशमलव ८१ अंकले ओरालो लागेको छ । सो दिन १ हजार २१ दशमलव ३३ अंकमा झरेर बजार बन्द भएको छ ।

कारोवारमा आएकामध्ये फाइनान्स बाहेक सबै समुहको परिसुचकमा गिरावट आएकोले सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन होटल समुहको परिसुचक ४९ दशमलव ७८ अंकले ओरालो लागेको छ । त्यस्तै जलविद्युत ४३ दशमलव ६८, बीमा १९ दशमलव ४८,विकास बैंक १० दशमलव ५४ ,बैंकिङ समुह ५ दशमलव ४ र अन्य समुहको सूचक १ दशमलव १८ अंकले ओरालो लागेको छ ।

यता फाइनान्स समुहको परिसुचक भने ३ दशमलव ०८ अंकले बढेको छ । बुधवार कारोवारमा आएका १ साय ४५ कम्पनीका ११ लाख ६१ हजार ५ सय १९ कित्ता सेयरबाट ४२ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL