Logo

नेप्सेमा मौद्रिक नीतिको असर, एकै दिन ४० अंकले बढ्यो

नेप्सेमा मौद्रिक नीतिको असर, एकै दिन ४० अंकले बढ्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

७ साउन,काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएको दिन सेयर बजारले छलाङ मारेको छ । सो दिन नेप्से ४० दशमलव ११ अंकले उकालो लागेर १ हजार ३ दशमलव ३८ अंकमा पुगेर बजार भन्द भएको हो ।

बिहीबार कारोबारमा आएका सबै समूहको परिसुचक उकालो लागेको छ । त्यसमध्ये बीमा समुहको सूचक सबैभन्दा बढी ७१ दशमलव १२ अंकले बढेको छ ।

त्यस्तै बैंकिङ समुहको ५७ दशमलव २८,विकास बैंकको २५ दशमलव ८९ र होटल समुहको परिसुचक २५ दशमलव ८९ अंकले बढेको छ । त्यसैगरी होटल,उत्पादन, जलविद्युत, फाइनान्स तथा अन्य समुहको परिसुचक क्रमशः १२ दशमलव ३९, ६ दशमलव ५२, ६ दशमलव ०१, ६ दशमलव ०१ र ५ दशमलव ८७ अंकले उकालो लागेको छ ।

सो दिन कारोवारमा आएका १ सय ५२ कम्पनीको ११ लाख ७७ हजार ८ सय २३ कित्ता सेयरबाट ५४ करोड १२ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL