Logo

आर्थिक बर्षको अन्तिम दिन साढे १० अंकले बढ्यो नेप्से, २४ करोडको कारोवार

आर्थिक बर्षको अन्तिम दिन साढे १० अंकले बढ्यो नेप्से, २४ करोडको कारोवार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

३१ असार,काठमाडौं । आर्थिक बर्षको अन्तिम दिन बिहीबार सेयर बजार १० दशमलव ५१ अंकले बढेको छ । सो दिन बजार ९ सय ६१ दशमलव २३ अंकमा पुगेर बन्द भएको छ ।

कारोवारमा आएकामध्ये सेयर बजारमा बढी प्रभाव रहेको बैंकि«, जलविद्युत तथा बीम समुहको परिसुच बढेकोले समग्र बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी ८४ दशमलव ४४ अंक्ले बढेको छ ।

त्यस्तै अन्य समुहको १४ दशमलव ७९ र बैंकिङ समुहको परिसुचक ८ दशमलव ९२ अंकले उकालो लागेको छ । त्यसैगरी बीमा, विकास बैंक र फाइनान्स समुहको सूचक क्रमशः ६ दशमलव ७८, ४ दशमलव ३९ र ० दशमलव ९८ अंकले बढेको छ ।

यता उत्पादन, होटल तथा ट्रेडिङ समुहको परिसुचक भने क्रमशः १४ दशमलव ८६,४ दशमलव १७ र ३ दशमलव ५८ अंकले ओरालो लागेको छ । सो दिन १ सय ४३ कम्पनीको ६ लाख १८ हजार १० कित्ता सेयरबाट २४ करोड ७६ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL