Logo

करिव साढे २ अंकले बढ्यो नेप्से, २५ करोडको कारोबार

करिव साढे २ अंकले बढ्यो नेप्से, २५ करोडको कारोबार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२९ असार,काठमाडौं ।  मंगलवार नेप्से परिसुचक २ दशमलव ४६  अंकले बढेको छ । सो दिन ९ सय ४६ अंकमा पुगेर बजार बन्द भएको छ ।

सो दिन कारोबारमा आएकामध्ये अधिकांश समुहको परिसुचक उकालो लागेको छ । जसमध्ये उत्पादन समुहको परिसुचक सबैभन्दा बढी ४९ दशमलव २३ अंकले बढेको छ । त्यस्तै जलविद्युत समुहको २५ दशमलव ५६,होटल समुहको १८ दशमलव ३९,बैंकिङ समुहको ० दशमलव ६३  र अन्य समुहको १ दशमलव १८ अंकले बढेको छ ।

त्यसैगरी फाइनान्स र विकाश बैंकको सूचक क्रमशः० दशमलव ३५  ० दशमलव ७ अंकले बढेको छ ।

यता बीमा समुहको परिसुचक भने  ० दशमलव ४ अंकले घटेको छ । सो दिन १ सय ४१कम्पनीको ९ लाख ८१ हजार ३१ कित्ता सेयरबाट २५ करोड ९५ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL